बिनासर्त हामी एमालेमा फर्कन चाहन्छौँ : किसान श्रेष्ठ

होमल्याण्ड खबर

२०८२ कार्तिक २० गते, बुधबार ११:२७ मा प्रकाशित

 नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले विना सर्त आफ्नो पुरानै घर एमालेमा फर्कन चाहेको बताएका छन् ।

बुधबार नेतृ रामकुमारी झाँक्रीसहितले काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले आफूहरू विना सर्त एमालेमा फर्कन लागेकाले त्यो वातावरण बनाइदिन आग्रह गरे ।

‘हामी विना सर्त एमालेमा फर्कन चाहान्छाैँ, त्यो वातावरण बनाइदिन एमालेका नेताहरूलाई आग्रह गर्दछु’, श्रेष्ठले भने, ‘हामी जानेर नजानेर चार वर्ष अघि एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीतर्फ लागेका थियौँ ।’