सुदन गुरुङले मागे गृहमन्त्रीको राजीनामा

होमल्याण्ड खबर

२०८२ कार्तिक २१ गते, बिहीबार १४:२१ मा प्रकाशित

जेनजी अभियन्ता तथा हामी नेपालका संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् ।

गृहमन्त्री अर्यालको आलोचना गर्दै उनले पदबाट राजीनामा दिनुपर्ने समय आएको बताएका छन् ।

आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको सन्देशमा गुरुङले गृहमन्त्री अर्यालको कार्यशैलीप्रति असन्तोष प्रकट गर्दै देशका लागि अनुकूल परिणामहरू नदेखिएको दाबी गरेका छन् ।

‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन । जनताका माग अनुसार गृहमन्त्रीको पदमा बस्नु राष्ट्रप्रति अपमान हो’ गुरुङले भने ।

उनले नेपालमा भ्रष्टाचार र असुरक्षाको समस्या दिन प्रतिदिन गम्भीर बन्दै गएको तर गृहमन्त्री अर्याल त्यसका समाधानमा कुनै सक्रियता नदेखाएको बताए ।

‘अब दुई महिना बितिसक्दा पनि न त कुनै भ्रष्टाचारको अभियोगमा कारबाही भएको छ, न त हत्यारालाई कारबाही गरिएको छ’ उनले भने ।