बुधबारदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु

होमल्याण्ड खबर

२०७५ पुष १० गते, मंगलवार १२:२८ मा प्रकाशित

प्रतिनिधिसभा र राष्ट्रियसभाको तेस्रो अधिवेशन भोलि बुधबारदेखि सुरु हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अपराह्न ४ बजे अन्तर्रािष्ट्रय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरेअनुसार दुवै सदनको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट संघीय संसदको अधिवेशन आह्वान भएको हो ।

भोलि अपराह्न ४ बजे संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक एकैसाथ सञ्चालन हुनेछ ।

बुधबार बस्ने बैठकका लागि प्रतिनिधिसभाको कार्यसूचीमा अधिवेशन आहवानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा सुनाउने, प्रशासकीय अदालत विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश–२०७५ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।