९ मंसिर २०८१, आईतवार
भारतका पूर्वकप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज तथा न्युजिल्यान्डविरुद्धको एक दिवसीय र टी–ट्वान्टी सिरिजका लागि टिममा परेका छन् ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सोमबार सार्वजनिक सार्वजनिक गरेको १६ सदस्यीय टोलीमा भारतीय क्रिकेट टिमका धोनी पनि टिममा पर्न सफल भएका हुन् ।
यसअघि धोनी वेष्ट इण्डिज र अष्ट्रेलियाविरुद्धको टी–ट्वान्टी सिरिजमा भारतीय टोलीमा रहेका थिएनन् ।
आगामी जनवरी १२ बाट सुरू हुने अस्ट्रेलियाविरूद्धको वानडे सिरीजका लागि टोलीको घोषणा गर्दा धोनी अटाएका छन् ।
यही टीमले यो सीरीज पछि न्यूजील्याण्डविरूद्ध हुने तीन खेलको वानडे सीरीज खेल्नेछ ।