कक्षा १२ को पूरक परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

होमल्याण्ड खबर

२०८२ कार्तिक २४ गते, आईतवार १६:२३ मा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित गर्ने भएको छ । बोर्ड स्रोतका अनुसार दिउँसो ४ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी गरिएको हो ।

‘टेक्निकल समस्या भएन भने आज नतिजा प्रकाशित हुन्छ,’ बोर्ड स्रोतले भनेको छ ।

कक्षा १२ को पूरक परीक्षा गत असोज ७ र ८ गते भएको थियो । गत ११ साउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी मात्र ग्रेडेड भएका थिए ।