चुनावमा जान कुनै किसिमको अलमल गर्न हुँदैन : कांग्रेस महामन्त्री थापा

होमल्याण्ड खबर

२०८२ कार्तिक २५ गते, सोमबार १३:४० मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानलाई सही मार्गमा ल्याउने एकमात्र बाटो चुनाव भएकाले यसमा कुनै अलमल गर्न नहुने बताएका छन् । महामन्त्री थापाले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै फागुन २१ गतेको चुनावबाटै नयाँ संसद आउने र संविधानलाई सही मार्गमा ल्याउने यो एक मात्र बाटो हुने स्पष्ट पारे ।

यही निर्णय पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा समेत प्रष्ट रूपमा राखिएको उनको भनाइ छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय पनि यही रहको महामन्त्री थापाले बताए । अहिले पार्टीभित्र भइरहेको अलमल चुनावका विषयमा नभइ अधिवेशनको समयबारे भएको समते थापाले दाबी गरे ।