२३ फाल्गुन २०८२, शनिबार
भीम रावलको ‘मातृभूमि जागरण अभियान’ नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, संह–संयोजक माधवकुमार नेपाल र जागरण अभियानको तर्फबाट भीम रावलले औपचारिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।


हस्ताक्षर कार्यक्रममासंयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, नेताहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, नन्दकिशोर पुन, पम्फा भुसाललगायत सहभागी छन् ।
आजै केहीबेरमा राष्ट्रिय सभागृहमा आयोजना हुने समारोहबाट एकताको औपचारिक घोषणा गरिने छ ।