सिमरामा भएको घटना संवेदनशील छ : रास्वपा

होमल्याण्ड खबर

२०८२ मंसिर ४ गते, बुधबार १६:२० मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार बाराको सिमरा विमानस्थलमा भएको घटना संवेदनशील भएको बताएको छ ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय कमिटी बैठकले उक्त घटनामा सरकारको आवश्यक ध्यानाकर्षण समेत माग गरेको छ ।

प्रवक्ता मनिष झाका अनुुसार, कुनै पनि राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्ने र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्ने पार्टी निष्कर्ष रहेको जानकारी गराएका छन् ।

‘निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ,’ रास्वपा बैठकको निष्कर्षबारे जानकारी गराउँदै झाले भनेका छन्, ‘आज सिमरामा भएको घटना संवेदनशील छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौं ।’

रास्वपा बैठक अहिले जारी छ ।