२३ फाल्गुन २०८२, शनिबार
बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार नेतृत्वका पार्टी तथा घटकहरुले आज पार्टी एकता घोषणा गर्न लागेका छन् ।
भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारको समूहबीच एकता काठमाडौंमा सभा हुन लागेको हो ।


राष्ट्रिय सभागृह काठमाडौंमा दिउँसो १२ः३० बजे कार्यक्रम हुने र त्यसको अध्यक्षता सन्तोष परियारले गर्ने बताइएको छ । यी तीन घटकबीच कात्तिक २८ गते एकता गर्ने सहमति भएको थियो ।
नयाँ पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) रहने र उक्त पार्टीको नेतृत्वमा बाबुराम भट्टराई र जनार्दन शर्मा नरहने बताइएको छ ।