विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

होमल्याण्ड खबर

२०८२ मंसिर ९ गते, सोमबार १३:१७ मा प्रकाशित

नेपाल प्रिमियर लिगमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा विराटनगरले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १३५ रन बनाएको हो ।

विराटनगरका लागि बसिर अहमदले ३६ रनको योगदान गरे भने शुभम रन्जानेले ३७ रन जोडे ।

ओपनर लोकेश बम २८, मार्टिन गप्टिल १३ र जर्ज मन्सी १० रनमा आउट भए ।

जनकपुरका लागि सङ्गीथ कुरे र रूपेश सिंहले दुई(दुई तथा आदित्य महतोले १ विकेट लिए । टस जितेर जनकपुरले बलिङ रोजेको थियो ।