१३ उपसचिवसहित ३१ कर्मचारीको सरुवा , काे कहाँ ?

होमल्याण्ड खबर

२०८२ मंसिर १९ गते, बिहीबार १३:४९ मा प्रकाशित

१३ उपसचिवसहित ३१ कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार १३ उपसचिव र १८ शाखा अधिकृत गरेर ३१ कर्मचारीको सरुवा गरेको हो ।

३१ कर्मचारीको सरुवा गर्दा १६ कर्मचारीलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

५ जनालाई नगरपालिका र ११ जनालाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।