२३ फाल्गुन २०८२, शनिबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास महाराजगञ्ज पुगेका छन् ।
शुक्रबार दिउँसो ओली देउवा भेट्न महाराजगञ्ज पुगेका हुन् । उनीहरुबिच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भइरहेको नेताहरुको सचिवालयले जनाएको छ ।


भदौ २३ र २४ को जेनजी आन्दोलनपछि ओली देउवा पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको हो ।