१३ मंसिर २०८१, बिहीबार
एजेन्सी – सुपरस्टार क्रिस्टियानो रोनाल्डोले अन्तिमा गोलगर्दै इटालियन सिरी ए लिगको शीर्ष स्थानमा आसिन युभेन्ट्सलाई हारबाट जोगिएका छन् ।
लिग अन्तर्गत बुधबार राति भएको खेलमा सुरुवातमा बेन्चमा आराम दिईएका रोनाल्डोलाई ६५औं मिनेटमा मात्र मैदान छिराईएको थियो । रोनाल्डो मैदान छिरेपछि टोलीका लागि गोल गरे र युभेन्ड्सको अपराजित यात्रा कायम राखे ।
एट्लान्टाको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा युभेन्ट्सले १० खेलाडीमा समेटिएर पनि अन्तिममा २–२ गोलको बराबरी खेल्दै अंक बाँड्यो ।
युभेन्ट्सले खेलको दोस्रो मिनेटमै आत्मघाती गोलबाट अग्रता लिएको थियो । एट्लान्टका डिमिस्टीले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा पसेको थियो । एट्लान्टोले २४औं मिनेटमा बराबरी गोल फर्कायो । एट्लान्टाका लागि पहिलो गोल जापाटाले गरेका थिए ।
दोस्रो हाफको सुरुमै युभेन्ट्सलाई झट्का लाग्यो । बेन्टाकुर दोहोरो पहेंलो कार्ड ९रातो० खाँदै बाहिरिएपछि युभेन्ट्स १० खेलाडीमा समेटिएको थियो । त्यसपछि १० खेलाडीको युभेन्ट्सले ५६औं मिनेटमा अर्को गोल खायो ।
एट्लान्टाका जापाटाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता बनाए । खेलको ६५औं मिनेटमा रोनाल्डो बेन्चबाट मैदान छिरे । उनले मैदान छिरेको १३ मिनेटमा उत्कृष्ट हेड गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए ।
बराबरीसँगै लिगको १८ खेलमा अपराजित युभेन्ट्सले ५० अंक बनाएको छ । शीर्ष टोली युभेन्ट्स दोस्रो स्थानमा रहेको नापोली भन्दा नौ अंकले अगाडी छ । नापोलीको ४१ अंक छ । बुधबार राती नै भएको खेलमा नापोलीले एसपीएएललाई १–० गोलले हराएको थियो । पराजित एट्लान्टाले २५ अंक बनाएको छ । एसपीएएलको १७ अंक छ ।