एमाले सचिवालय बैठक बस्दै, विधान संशोधन प्रस्ताव प्रमुख एजेन्डा

होमल्याण्ड खबर

२०८२ मंसिर २७ गते, शुक्रबार १०:२४ मा प्रकाशित

महाधिवेशन नजिकिँदै गर्दा नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।

आज दिउँसो १ बजे च्यासलस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयन, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल हुने बताइएको छ ।

सचिवालयका अनुसार केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको सङ्ख्या बढाउने प्रस्ताव सचिवालयमा पेस गर्न तयारी भएको छ। तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट समूहले विगतको महाधिवेशनले गरेका निर्णय उल्ट्याउन नहुने अडान लिएको छ।

एमालेको महाधिवेशन २७ मंसिरमा भक्तपुरको सल्लाघारीमा उद्‌घाटन हुँदैछ।