पर्यटन बोर्डकी प्रबन्धक श्रेष्ठ बनिन् मन्त्री

होमल्याण्ड खबर

२०८२ मंसिर २७ गते, शुक्रबार १४:४४ मा प्रकाशित

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा पर्यटन बोर्डकी प्रबन्धक श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बन्दै छिन् ।

नेपाल पर्यटन बोर्डको वरिष्ठ प्रबन्धक भएर काम गरिरहेकी श्रेष्ठलाई विभागीय मन्त्री नियुक्तिका निम्ति शुक्रबार ९मंसिर २६० राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिएको हो ।

श्रेष्ठ पर्यटन बोर्डमा ‘सस्टेनेबल टुरिजम’ परियोजना प्रमुखका रूपमा कार्यरत रहेकी थिइन् ।