एमाले नेता गौतमले फिर्ता लिए उम्मेदवारी

होमल्याण्ड खबर

२०८२ पुष १ गते, मंगलवार ११:०९ मा प्रकाशित

नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिवबाट उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको ११औँ महाधिवेशनअन्तर्गत सोमबार उनले स्वतन्त्र रुपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए ।

गौतमले उम्मेदवारी फिर्ता लिए पनि अन्तिम नामावली प्रकाशन भइसकेकोले मतपत्रमा उनको नाम भने समावेश हुने भएको छ ।

‘नेतृत्व र साथीहरुको आग्रहपछि मैले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएँ,’ उनले भने । खुला केन्द्रीय सदस्यमा भने आफ्नो उम्मेदवारी कायमै रहने उनले बताए ।