खैरो हेरोइनसहित ठमेलबाट १६ वर्षीय किशोर पक्राउ

होमल्याण्ड खबर

२०८२ पुष ३ गते, बिहीबार १६:१० मा प्रकाशित

लागुऔषध खैरो हेरोइनसहित मोरङका १६ वर्षीय रन्जोक उप्रेती काठमाडौंको ठमेलबाट पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले विराटनगर महानगरपालिका-१६ का उप्रेतीलाई २६३ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार मंगलबार पक्राउ गरिएका उप्रेतीविरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको छ ।