९ मंसिर २०८१, आईतवार
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिगको तेस्रो खेलमा पनि विकेट लिन सफल भएका छन् ।
बिहिबार सिड्नी सिक्सर्सविरुद्ध भएको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चेर २ विकेट लिए सफल भएका हुन् ।
उनले घरेलु टोलीका मोइसेस हेनरिक्स र टम कुरनलाई सन्दीपले पेभेलियन फर्काउन सफल भएका थिए ।
पहिलो ओभरमा ४ रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा ४ रन खर्चेर १ विकेट लिए । उनले हेनरिक्सलाई ९ रनमा एलबिडब्लु आउट र तेस्रो ओभरमा कुरनलाई २ रनमा एलबिडब्लु आउट गरे । चौथो ओभरमा भने विकेट लिन सकेनन् ।
सन्दीपले बिग बासको तीन खेलमा सात विकेट लिईसकेका छन् ।