रास्वपा सभापति लामिछाने केन्द्रीय कार्यालय जाने

होमल्याण्ड खबर

२०८२ पुष ६ गते, आईतवार ११:१५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बनस्थली स्थित केन्द्रीय कार्यालय जाने भएका छन्।

प्रवक्ता मनिष झाका अनुसार लामिछानेलाई दिउसो ३ बजे केन्द्रीय कार्यालय घण्टीघरमा स्वागत गर्ने कार्यक्रम रहेको छ।

शुक्रबार रिहा भएका लामिछानेले शनिबार चितवनमा रास्वपाको सभालाई सम्बोधन गरेका थिए भने काठमाडौं आएर जेनजी आन्दोलनका शहिद परिवार घाइतेसँग भेट गरेका थिए।