२३ फाल्गुन २०८२, शनिबार
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले आन्दोलन घोषणा गरेको मिराज ढुंगानाको समूहले आज (सोमबार) माइतीघरमा प्रदर्शनका लागि अनुमति नलिएको बताएका छन्।
प्रदर्शनका लागि अनुमति लिन पर्ने तर अहिलेसम्म लिइनसकेको उनले बताए।


सीडीओ पौडेलले सोमबार जेनजीका फरक–फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाए पनि आफूहरूले अनुमति नदिने बताएको जानकारी दिए।
‘आन्दोलनको अनुमति दिनुपर्ने भन्दै फरक–फरक पत्र बुझाउनुभएको छ। प्रशासनले कसैलाई पनि अनुमति दिएको छैन, दिँदैन,” पौडेलले भने।
ढुङ्गाना समूहले आइतबार आन्दोलन घोषणा गरेर सोमबार अनुमतिका लागि प्रशासनमा पुगेको थियो । ढुङ्गानाले गरी खान देऊ अभियान चलाउँछन् । जेनजी समूहको विरोध प्रदर्शन सोमबार बिहान ११ बजेदेखि माइतीघरमा हुने भनिएको थियो ।