२३ फाल्गुन २०८२, शनिबार
मिराज ढुंगानालगायत ‘जेनजी’ प्रदर्शनमा उत्रिएका छन् । आन्दोलनको घोषणा गर्दै सोमबार काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरिरहेका छन् ।
केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ । प्रदर्शनमा सहभागीहरुले सर्वपक्षीय सरकार गठनको माग गरिरहेका छन् । उनीहरूले सर्वपक्षीय सरकार बनाएरमात्रै चुनाव गराउनुपर्ने पनि माग अघि सारेका छन् ।

