अब कुलमान–प्रचण्ड पनि मिल्छन् झैँ लाग्छ : गाेकुल बास्काेटा

होमल्याण्ड खबर

२०८२ पुष १३ गते, आईतवार १०:४५ मा प्रकाशित

एमाले नेता गोकुल बाँस्कोटाले रवि लामिछाने र बालेन शाह मिलेपछि अव कुलमान घिसिङ र पुष्पकमल दाहाल प्रचण्ड पनि मिल्न सक्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान लेख्दै नेता बाँस्कोटाले यस्तो बताएका हुन् ।

‘रवि –बालेन मिलेछन् । अब कुलमान–प्रचण्ड बाँकी रहेजस्तो देखियो । त्यो पनि होलाझैँ लाग्छ’, बाँस्कोटाको भनाइ छ ।

रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच एउटै पार्टीमा आबद्ध भएर चुनावमा जान ७ बुँदे सहमति गरेपछि बाँस्कोटाले यस्तो बताएका हुन्