जनकपुरमा आजदेखि ४ दिन विद्यालय बन्द

होमल्याण्ड खबर

२०८२ पुष १३ गते, आईतवार ११:२५ मा प्रकाशित

जनकपुरधाम उमहानगरपालिकाले चिसो बढेपछि आइतबारदेखि थप ४ दिन विद्यालयमा बिदा दिएको छ ।

उपमहानगरपालिकाले सूचना जारी गरेर आइतबारदेखि पुस १६ गतेसम्म विद्यालय बन्द रहने जनाएको हो । सरकारी तथा सामुदायिक सबै विद्यालयमा बिदा दिइएको छ ।

यस्तै, वीरगंज महानगरपालिकाले पनि जाडो बिदा थपेको छ । आइतबार र सोमबार दुई दिन थप जाडो बिदा दिइएको महानगरले जनाएको छ ।