२३ फाल्गुन २०८२, शनिबार
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फेरि टुक्रिएको छ । पार्टीका सहअध्यक्ष रेणु यादवसहित प्रदीय यादवलगायत बहुमत केन्द्रीय सदस्य सोमबार (पुस १४) जसपा नेपालमा समाहित भएका छन् ।
जसपाको तत्कालीन संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहित ६ नेता यसअघि नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भइसकेका छन् । राई आफूले नै नेकपासित एकताका निम्ति वार्ता गरिसकेका छन् । उनले नेकपासँग पार्टी एकता गर्ने सक्ने आकलन छ ।


“यसअघि पनि हामीले भनेकै हो । नेकपासँग विभिन्न चरणमा वार्ता पनि भइसकेको छ,” नेकपाका नेता राजेन्द्र श्रेष्ठले बाह्रखरीसित भने ।
मुलुक निर्वाचनमा होमिएसँगै दलहरूबीचको एकता प्रक्रिया तीव्र छ । आइतबार (पुस १३) मात्र जसपा नेपालले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग एकीकरण गरेको थियो ।