हाम्रो देशको लागि रवि, बालेन र कुलमानलाई मिलाइ छोड्यौँ : सुधन गुरुङ

होमल्याण्ड खबर

२०८२ पुष १५ गते, मंगलवार ११:११ मा प्रकाशित

हामी नेपालका संस्थापक सुधन गुरुङले रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भएको जनाउ दिएका छन् ।

वार्ता निष्कर्षमा पुगेसँगै उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर यस्तो जनाउ दिएका हुन् ।

गुरुङले रवि लामिछाने, बालेन र कुलमान सँगै चुनाव लड्ने बताएका छन् ।

उनी लेख्छन्, ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाएरै छोडिम र इतिहासले सम्झनेछ। रबी बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।’

उनले अंग्रेजीमा let’s celebrate nepal. We did it भनेर पनि लेखेका छन् ।