२३ फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक चुनावमा गइसकेकाले त्यसअघि विशेष महाधिवेशन हुन नसक्ने प्रष्ट पारेका छन् । केही पत्रकारसँगको अनौपचारिक भेटमा देउवाले चुनावपछि नै महाधिवेशन उपयुक्त हो भनेर आफूले सुझाव दिएको बताएका हुन् ।
पार्टीले निर्वाचन जित्न ध्यान केन्द्रित गर्नुपर्ने भएकाले महाधिवेशनमा जाँदा आपसमा मतभेद र विभाजनसम्म हुने देउवाले बताएका छन् ।


उनले भने’, ‘मुलुक चुनावमा गयो । यस्तो बेला महाधिवेशन गर्दा आपसमा विभाजन हुन्छ । महाधिवेशन हराउनेले चुनाव हराउन लाग्छन्, हराउँछन् ।
चुनाव अगाडि विशेष महाधिवेशन नहुने प्रष्ट पार्दै देउवाले थपे, ‘विशेष महाधिवेशन चुनाव अगाडि हुँदैन । नगरी हुन्न भन्ने हो भने मैले के भन्नू ? कार्यवाहक दिएकै छु । जे-जे गरे पनि केही भएन । महाधिवेशन उपयुक्त हो भन्ने मेरो सुझाव मानेनन् भने के गर्नु त ?’
देउवासँग पत्रकारहरू विष्णु बुढाथोकी , प्रकाश गिरी, रमेश वाग्ले, रोमन आचार्य , सन्तोष अधिकारी, दिपेन्द्र अधिकारी र प्रकाश ढकालले २ घण्टासम्म अनौपचारिक भेट गरेका थिए ।