अनसनरत निकोलसको स्वास्थ्यमा समस्या भएपछि वीर अस्पताल लगियो

होमल्याण्ड खबर

२०८२ पुष १६ गते, बुधबार १५:५४ मा प्रकाशित

विभिन्न माग राख्दै अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ।

काठमाडौंको माइतीघर मण्डलामा ९ दिनदेखि अनसनरत भुसालको स्वास्थ्यमा समस्या भएपछि नेपाल चिकित्सक संघको पहलमा भुसाललाई उपचारका लागि वीर अस्पताल लगिएको हो।

भुसालको स्वास्थ्यमा समस्या भएपछि चिकित्सकको टोलीले माइतिघरमा स्वास्थ्य अवस्थाको जाँच गरेको थियो। जाँचका क्रममा थप उपचार आवश्यक देखिएपछि भुसाललाई अस्पताल लगिएको संघले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा भएका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने लगातका माग राख्दै भुसाल अनसनमा बसेका हुन्।