प्रतिशोधकाे राजनीतिले नेपालमा टुसा हाल्यो : गाेकुल बास्कोटा

होमल्याण्ड खबर

२०८२ पुष १८ गते, शुक्रबार ११:०२ मा प्रकाशित

नेकपा एमालेका नेता गोकुल बास्कोटाले पाकिस्तानी र बङ्गलादेशी मोडेलको प्रतिशोधकाे राजनीतिले नेपालमा टुसा हालेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्–’लामै समयदेखि चल्दै आएको पाकिस्तानी र पछिल्लो समय जरा गाड्दै गएको बङ्गलादेशी मोडेलको प्रतिशोधी राजनीतिले अब नेपाली राजनीतिमा टुसा हालेको प्रस्ट सङ्केत दिन थालेका छन्। यो, अति सत्ता केन्द्रित राजनीतिले सैद्धान्तिक जग गुमाएको परिणाम हो।’

घृणाको सीमारेखा काटेर हिंस्रक बाटो समाए अवस्था विकराल बन्ने भन्दै उनले देशलाई त्यो बाटोमा जान दिन नहुने उल्लेख गरेका छन् ।