गोरखा –२ बाट चक्रे मिलन एमालेबाट उम्मेदवारमा सिफारिस

होमल्याण्ड खबर

२०८२ पुष १८ गते, शुक्रबार १६:४३ मा प्रकाशित

गोरखा क्षेत्र नं–२ बाट फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनका लागि मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवारका रूपमा सिफारिस भएका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनलाई एमालेले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार पनि सिफारिस गरेको थियो । यस पटक पनि उम्मेदवारमा सिफारिस भएपछि उनले यो निर्णय आफ्नो व्यक्तिगत इच्छाभन्दा जनसमुदाय, युवा तथा जेन-जी पुस्ताको निरन्तर माग र दबाबका कारण लिएको दाबी गरेका छन् ।

गुरुङले आफू वि.सं. २०५० सालतिरदेखि नै एमालेमा सक्रिय रहँदै आएको बताएका छन् । ‘पार्टीसँग निरन्तर रूपमा आबद्ध भएर समाजसेवा र राजनीतिमा क्रियाशील छु’, उनले भनेका छन्, ‘समाजका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएकाले गोरखाली जनताले मलाई जिताएर संसद्मा पठाउनेमा ढुक्क छु ।’

एमाले नेता-कार्यकर्तालाई लामो समयदेखि सामाजिक सेवामाब सक्रिय रहँदै आए पनि उनी पटक पटक गुण्डार्दी आरोपमा समातिएका छन् ।

‘कहिलेकाहीँ मलाई ‘गुण्डा’ जस्ता आरोप लगाएर दुःख दिने प्रयास भएको छ’, उनी भन्छन्, ‘म एक साधारण नागरिकका रूपमा समाजसेवामै समर्पित रहेको छु । म समाजसेवा गर्छु भन्न पनि नपाइने अवस्था बनाइयो ।‘

गुरुङको उम्मेदवारी’bout प्रतिक्रिया दिँदै युवा संघका केन्द्रीय सदस्य एवम् गोरखानिवासी प्रविण अधिकारीले जो कोही निस्वार्थ राजनीति र समाजसेवाका लागि अघि बढ्छन् भने गोरखामा स्वागत गर्नुपर्ने बताए ।