दाङ– २ मा एमालेबाट महासचिव पोखरेलकाे सिफारिस

होमल्याण्ड खबर

२०८२ पुष २० गते, आईतवार १६:४२ मा प्रकाशित

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ नेकपा एमालेबाट दाङ क्षेत्र नम्बर २ मा महासचिव महासचिव शंकर पोखरेलको नाम सिफारिस भएको छ ।

आइतबार बसेको एमाले क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए ।

यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र हो । एमालेले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ ।