यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

होमल्याण्ड खबर

२०८२ पुष २१ गते, सोमबार १६:०४ मा प्रकाशित

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आठ वटा निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।

मन्त्रीपरिषद् बैठकका निर्णयहरू :
१) राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने ।

२) समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने  ।

३) जेन जी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेन जी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने ।

४) नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारी पत्र स्वीकृत गर्ने ।

५) नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने ।

६) पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने ।

७) वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने ।

८) नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने ।