२३ फाल्गुन २०८२, शनिबार
पार्टी एकतापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक निर्वाचन प्रभावित भएको छ । पुस १३ र १४ गते काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा)बिच भएको ७/७ बुँदे सम्झौता भएको थियो ।
समानुपातिक उम्मेदवार छनोट प्रक्रिया अन्तिम पूर्व घोषित मोडालिटी अनुसार नै भएपनि विवादरहित हुन सकेन । अन्तिम समयमा ६०/४० को अनुपातमा भागबण्डा मिलाएर रास्वपाले उम्मेदवारको बन्दसूची बुझाएको थियो । तर कुलमान पक्षले पाउने भनिएको १८ जनामा चार जनाको नाम घटाएर १४ जनाको मात्रै लिस्ट बुझाएकोमा उनेपाले आपत्ति जनायो ।


बन्दसूचीमा आन्तरिक प्रतिस्पर्धामा अब्बल अंक ल्याएका उम्मेदवारलाई बन्दसूचीको अन्तिममा राखेर सेलिब्रेटी, व्यवसायी घरानाका व्यक्तिहरूलाई प्राथमिकतामा राखेकोमा चौतर्फी आलोचना भयो । पार्टीभित्र र बाहिर आलोचना भएपछि रास्वपाको बन्दसूचीमा रहेका व्यक्तिहरूले धमाधम नाम फिर्ता लिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि रास्वपाले कात्तिक २२ गतेदेखि समानुपातिक उम्मेदवार छनोटका लागि आह्वान गरेको थियो । यस्तै प्रत्यक्षतर्फ उम्मेदवार छनोट विधि पनि समानुपातिककै मोडेल अपनाएको थियो । तर बालेन र उनेपाबिच एकताका कारण प्रभावित हुने देखिएको छ ।