कांग्रेस कार्यालयमा लफडा, नेताहरु अर्कै गेटबाट छिरे

होमल्याण्ड खबर

२०८२ पुष २२ गते, मंगलवार १४:५१ मा प्रकाशित

नेपाली कांग्रेस पार्टी कार्यालयबाहिर प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गरेका छन् ।

प्रदर्शनरत कार्यकर्ताले पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नाराबाजी समेत गरेका छन् । यसक्रममा केही नेतासँग प्रदर्शनरत कार्यकर्ताको बाझाबाझ समेत भएको छ ।

मंगलबार बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि नेताहरू वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गरिरहेका छन् ।

बिहान ११ बजे हुने भनिएको बैठक दिउँसो १ बजेका लागि सरे पनि अहिलेसम्म शुरू हुन सकेको छैन ।