२३ फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले यही पुस २७ र २८ गते विशेष केन्द्रीय महाधिवेशन घोषणा गरेका छन्।
विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएका महाविधेशन प्रतिनिधिले बुधबरा काठमाडौँमा पत्रकार सम्मेलन गरी विशेष महाधिवेशनको आह्वान गरेका हुन्।


‘पार्टी विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पुस २७ र २८ गते काठमाडौंमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं। यसका लागि आवश्यक व्यवस्थापकीय तयारी तीव्र गतिमा भइरहेको जानकारी गराउन चाहन्छौं,’ उनीहरूले भनेका छन्।