९ मंसिर २०८१, आईतवार
पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले विभागीय टिम त्रिभुवन आर्मी क्लबले सरस्वती युथ क्लबलाई पराजित गरेको छ ।
शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले १० खेलाडीमा सिमित सरस्वती युथ क्लबलाई ४-० गोल अन्तरले हराएको हो ।
आर्मीलाई जित दिलाउन कप्तान भरत खवासले २ गोल गरे । यस्तै नवयुग श्रेष्ठले एक गोल गर्दा आर्मीले एक आत्मघाती गोल पाएको थियो ।
सरस्वतीविरुद्धको जितसँगै आर्मीले ११ खेलबाट २१ अंक जोडेको छ । आर्मी लिगको चौथो स्थानमा छ । १० अंक जोडेको सरस्वती दशौं स्थानमा छ ।