२३ फाल्गुन २०८२, शनिबार
वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको समेत पदभार ग्रहण गरेका छन् । शुक्रबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका उनले तीनवटा निर्णय गरेका हुन् ।
उनले कर्णाली राजमार्गलाई सडक सुरक्षा र स्तरोन्नतिका लागि आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैंकलाई अनुरोध गर्ने निर्णय गरेका छन् ।


यसैगरी, जुम्ला र कालिकोटको सिमाना नाग्मस्थित हिमा नदीमा पक्की पुल बनिसकेकाले उक्त स्थानमा रहेको बेलिब्रिजलाई तातोपानी गाउँपालिका ५ स्थित तिला नदीमा तातोपानी गाउँपालिका ४ हाँकु जोड्न स्थानान्तरण गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।
लगिि
यस्तै, निर्माण व्यवसायी नियमावली, २०५६ को अनुसूची १३ मा रहेको ‘घ’ वर्गको निर्माण व्यवसायीको योग्यतासम्बन्धी मापदण्ड परिमार्जन गर्न आवश्यक सुझावका लागि मन्त्रालयका सहसचिव शुसीलबाबु ढकालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय पनि उनले गरेका छन् ।
यसअघि ऊर्जा एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले राजीनामा दिएपछि चौलागाईं उक्त मन्त्रालयको जिम्मा दिइएको हो ।
गैरदलीय सरकारमा दलीय मन्त्री बनेको भन्दै आलोचना भएपछि घिसिङले राजीद्दामा दिएका थिए ।