कांग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा उभिए

होमल्याण्ड खबर

२०८२ पुष २५ गते, शुक्रबार १४:४८ मा प्रकाशित

नेपाली कांग्रेसका १७ भ्रातृसंस्था विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको विपक्षमा उभिदैँ भ्रातृसंस्थाहरूले नियमित महाधिवेशनको मिति तोकिसकिएकोले चुनावका लागि एक ढिक्का भई बढ्नुको विकल्प नभएको जनाएका छन् ।

अपिलमा भनिएको छ, ‘हालको अवस्थामा देश र जनतालाई संकट मुक्त गर्न एक ढिक्का भएर अघि बढ्न सबैमा आव्हान गर्दछौँ । नेपाली कांग्रेसका सभापति पदाधिकारीहरू तथा सम्पूर्ण केन्द्रीय समितिको ध्यानाकर्षण गराउन चाहन्छौं। नियमित महाधिवेशन को मिति वैशाख २८ गते देखि ३१ सम्मका लागि तोकिसकेको र फाल्गुन २१ गते आमनिर्वाचन समेत सम्पन्न हुन गइरहेको परिप्रेक्षकमा पार्टी एक ढिक्का भई बढ्नुको कुनै विकल्प छैन ।’

नेपाल महिला संघकी अध्यक्ष उषा राउत, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, नेपाल प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष बालकृष्ण दाहाल, नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमल्सिना, नेपाल दलित सङ्घका कार्यवाहक अध्यक्ष शम्भु हजारा पासवान, नेपाल भूतपूर्व सैनिक सङ्घका अध्यक्ष गर्जबहादुर गुरुङ, प्रजातान्त्रिक प्राध्यापक सङ्घका अध्यक्ष जगत तिमिल्सिना, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घका अध्यक्ष ओमबहादुर घर्तीमगर, नेपाल लोकतान्त्रिक अपाङ्ग सङ्घका महासचिव मनोहरि श्रेष्ठ, नेपाल मुस्लिम सङ्घका अध्यक्ष अतावुल मन्सुरी, नेपाल थारु सङ्घका अध्यक्ष शिवनारायण महतो गुरौ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल राष्ट्रिय मगर सङ्घका अध्यक्ष इच्छुराम रानामगर, नेपाल तामाङ सङ्घका अध्यक्ष रामकृष्ण इन्द्र लामाले अपिल जारी गरेर पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका हुन् ।