२३ फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटनस्थल भृकुटीमण्डपमा पूर्व सभापतिहरूको फोटो राखिएको छ ।
मञ्चअगाडि विश्वेश्वरप्रसाद कोइरालादेखि सुशील कोइरालासम्मको फोटो राखिएको हो ।फोटो वर्तमान सभापति शेरबहादुर देउवाको ुकटआउटु भने त्यहाँ राखिएको छैन ।


शुरूबाट क्रमशस् बीपी कोइराला, सुवर्ण शमशेर, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको ुकटआउटु राखिएको छ ।
विशेष महाधिवेशनका ुक्याम्पेनरु समेत रहेका कांग्रेस नेता सुवास पोखरेलले दिवंगत पूर्वसभापतिहरूको तस्वीर मात्र राखेको बताए ।
दिवंगत पूर्व सभापतिहरूको राखेको । शेरबहादुर देउवा वर्तमान सभापति भएकाले त्यहाँ राखेनौं, पोखरेलले भने ।
पार्टी नेतृत्वले विधानबमोजिम महाधिवेशन नबोलाएपछि दुई युवा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन आयोजना भएको हो ।
कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर माग गरेको अवस्थामा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेको भोलि ३ महिना पूरा हुँदैछ ।