२३ फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले विशेष महाधिवेशनलाई नजरअन्दाज नगर्न आग्रह गरेका छन् । पार्टी संस्थापक नेताप्रति लक्षित गर्दै उनले नेपाली कांग्रेस मूल सभ्यता भएको हुँदा आन्तरिक एकता कायम गर्न आग्रह गरे ।
विशेष महाधिवेशनमा सम्बोधन गर्दै नेता घिमिरेले बीपी कोइराला र सुवर्णशमशेर मिलेर सुरु गरेको अभ्यासलाई निरन्तरता दिनुपर्ने तर्क गरे । ‘प्रजातन्त्र सन्तुलित व्यवस्था हो,’ उनले भने, ‘हामी कसैलाई पनि यो विशेष महाधिवेशनमा स्वागत गर्न तयार छौँ ।’


उनले संस्थापन भनिएको पक्षले निरन्तर पत्थर फ्याँकिरहेको भन्दै आफूले फूलले जवाफ दिने बताए । ‘हामीलाई हिर्काएका पत्थरहरू बटुलेर कांग्रेसको बलियो घर बनाउँछौँ,’ उनले भने, ‘प्रजातन्त्र अहंकारी व्यवस्था नभई, नम्र व्यवस्था हो ।’
उनले उच्चतम स्वाभिमानका साथ उभिएर प्रजातन्त्रको लडाइँ लड्न सक्ने कांग्रेस बनाउनुपर्ने आवश्यकता भएरै यो अभियानमा जुटेको तर्क गरे ।