विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भन्नै सक्दैन- गगन थापा

होमल्याण्ड खबर

२०८२ पुष २८ गते, सोमबार १३:३४ मा प्रकाशित

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विधान अनुसार भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भन्न नसक्ने दाबि गरेका छन् ।

विशेष महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री थापाले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न नसक्ने दाबि गरेका हुन् ।

उनले भने- ‘यो विशेष महाधिवेशन वैधानिक हो की होइन भन्ने प्रश्नमा राजनीतिक दलसम्बन्धि ऐन को आधारमा हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणित भएको विधान हो । आज यो विषयको बारेमा कसैले कानुनी प्रश्न उठायो भने नेपालको संबिधानको आधारमा निर्वाचन आयोगले एक दुई तीन  हाम्रो विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दै सक्दैन । ढुक्क हुनुहोला ।