प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आइतबार हुने

होमल्याण्ड खबर

२०७५ पुष १३ गते, शुक्रबार १६:४९ मा प्रकाशित

संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुनुवाई पुष १५ गते आइतबार हुने भएको छ।

संसदीय सुनुवाइ विशेष समितिमा परेका व्यक्तिगत ८ र एक सैद्धान्तिक उजुरीसमेतको सुनुवाइ गर्न आइतबार दिउँसो बैठक बोलाइएको हो।

संघीय संसदका सहप्रवक्ता केशव अर्यालकाअनुसार प्रस्तावित प्रधानन्यायाधीश जबराका विषयमा आज उजुरीकर्ताहरुसँग छलफल गरिएको छ भने आइतबार सुनवाइका लागि बोलाइएको छ।

राणाविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा ९ वटा ‘गम्भीर’ प्रकृतिका उजुरी परेपछि समितिले बिहीबार नै अध्ययन थालेको थियो। सोही अध्ययन अन्तर्गत समितिले आज उजुरीकर्तालाई बोलाएको थियो।

संवैधानिक परिषद्को बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।