कांग्रेस विशेष महाधिवेशन: सभापतिमा गगन थापाको उम्मेदवारी

होमल्याण्ड खबर

२०८२ माघ १ गते, बुधबार ११:४६ मा प्रकाशित

नेपाली कांग्रेसको सभापतिका लागि गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

सभापतिमा थापाको एकल उम्मेदवारी परेको कांग्रेसको केन्द्रीय निर्वाचन समिति स्रोतले जानकारी दियो ।

काठमाडौंमा जारी दोस्रो विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया शुरू भएपछि थापाले उम्मेदवारी दिएका हुन् ।

सहमतिका प्रयास विफल भएपछि महाधिवेशन निर्वाचन प्रक्रियामा गएको हो ।