गगन–विश्वसहित विशेष पक्षधरलाई कारबाही गर्ने सानेपाको तयारी

होमल्याण्ड खबर

२०८२ माघ १ गते, बुधबार १३:३० मा प्रकाशित

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन आयोजना गर्ने समूहका नेतालाई अनुशासनको कारबाही गर्ने तयारी गरेको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा देउवा पक्षीय केन्द्रीय समिति सदस्यहरूको बैठक बसेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतलाई कारबाही गर्ने तयारी भएको हो ।

विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया शुरू भएसँगै देउवा पक्षले महामन्त्रीसहितका नेता कार्यकर्तालाई कारबाही गर्ने तयारी गरेको हो ।