महिला टी–२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

होमल्याण्ड खबर

२०८२ माघ ५ गते, आईतवार १२:३४ मा प्रकाशित

काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेर नेपालले दिएको १२३ रनको झिनो लक्ष्य थाइल्यान्डले मात्र १६ दशमलव ५ ओभरमा २ विकेटको इतिमा पूरा गर्‍यो । थाइल्यान्डको जितमा नात्थीकन ५थमले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ३९ बलमा १ छक्का र ९ चौकासहित ५७ रन जोडिन् । यस्तै नानपत कोचारियोङकाईले ३२ रन बनाउँदा अफिसरा शुवानचोनराथीले २८ रनको योगदान दिइन् ।

नेपालका लागि सीता रानामगरले २ विकेट निकाल्नुबाहेक अन्य कुनै पनि बलरले कसिलो बलिङ गर्न सकेनन् ।

त्यसअघि नेपाल त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा पूरा ब्याटिङ गरी १ सय २२ रनमा अलआउट भयो ।