उम्मेदवारी दर्ताका लागि झापा पुगे बालेन

होमल्याण्ड खबर

२०८२ माघ ७ गते, मंगलवार ११:४४ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह दमक पुगेका छन्।

मंगलबार उम्मेदवारी दर्ताका लागि उनी दमक पुगेका हुन्।

बालेन झापा-५ बाट चुनाव लड्दैछन्।

त्यसका लागि मनोनयन दर्ताका लागि बालेनलाई मुख्य निर्वाचन अधिकृतकको कार्यालयले बिहान ११ बजे बोलाएको थियो।

उनी समर्थकको भिडसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय जाँदै छन्।