आहा ! रारा गोल्डकप फागुन ९ गतेबाट हुने

होमल्याण्ड खबर

२०७५ पुष १५ गते, आईतवार १२:२२ मा प्रकाशित

मोफसलको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता आहा ! रारा गोल्डकपको १७औं संस्करण फागुन ९ गतेबाट हुने भएको छ ।

आयोजक सहारा क्लब पोखराले ’खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने नारा दिएको यस संस्करणमा १० टोलीको सहभागिता रहनेछ । १८ गतेसम्म चल्ने प्रतियोगितामा विदेशी, ’ए’ डिभिजनका क्लबहरु, पूर्व र पश्चिम क्षेत्र टिमहरु र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्नेछन् । पश्चिमाञ्चल क्षेत्रिय र जिल्ला खेलकुद विकास समितीको समन्वयमा हुने प्रतियोगिताका खेलहरु पोखरा रंगशालामा हुनेछ ।

२०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित सहारा क्लबले पोखरालाई स्पोर्ट्स हबका रुपमा परिचित गराउँदै नवप्रतिभावान फुटबल खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रर्दशन गर्ने उचित अवसर उपलब्ध गराउने लक्ष्यका साथ प्रतिोगिता आयोजना गरिएको जनाएको छ ।

“प्रतियोगिताबाट बचत हुने रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । हाल तेश्रो व्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन्,” आयोजक सहारा क्लबले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “२०७० सालदेखि उनीहरु दोविल्लामा रहेको एकेडेमीमा आवसिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षालगायत फुटबल प्रशिक्षणसमेत दोविल्लामा प्रदान गर्दै आईरहेको छ । एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै यही प्रतियोगिता भएकाले विगतमा जस्तै सहयोगको अपेक्षा राखेकाछौ ।”

आयोजक सहाराले प्रतियोगिताका दौरान राजनैतिक दल, भातृ संगठन, संघ संस्था, व्यवसायीसँग प्रतियोगिता अवधिभर बन्द, हडताल, चक्काजामको कार्यक्रम नराखिदिन समेत आग्रह गरेको छ ।