कांग्रेसका मुख्यसचिव पौडेलले दिए राजीनामा

होमल्याण्ड खबर

२०८२ माघ ९ गते, बिहीबार १६:१९ मा प्रकाशित

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्।

दोस्रो विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाले शुक्रबारदेखि केन्द्रीय कार्यालयम पुगेर कार्यभार सम्हाल्ने भएपछि पौडेलले आज राजीनामा दिएका हुन्।

पौडेललाई २०७२ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्य सचिव नियुक्त गरेका थिए।

थापा नेतृत्वकाे नवनिर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक शुक्रबार सानेपामा बस्ने भएको छ। गत पुस २७–३० मा भृकुटीमण्डमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यमितिको बैठक शुक्रबार पहिलोपटक आफ्नै कार्यालयमा बस्ने भएको हो। यसअघि कार्यसमितिको पहिलो बैठक माघ १ गते कुपण्डोलको म्यासेममा बसेको थियो भने माघ २ गते निर्वाचन आयोगले आधिकारिक पार्टीको मान्यता दिएपछि दोस्रो बैठक माघ ३ गते नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बसेको थियो।