आज सुन तोलाकै ३ लाख ३ हजार ८ सय

होमल्याण्ड खबर

२०८२ माघ १२ गते, आईतवार ११:१३ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्यले फेरि एकपटक इतिहास रचेको छ। आइतबार एकैदिन प्रतितोला २ हजार ४ सय रुपैयाँले उक्लिँदै सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि हिजो मात्रै सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो, जुन त्यतिबेलासम्मकै उच्च रेकर्ड मानिएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ। हिजो प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ६ हजार ४८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

लगातारको मूल्य वृद्धिले सुनचाँदी बजार थप तातिएको छ भने उपभोक्ता र व्यवसायी दुवैको चासो बढेको छ।