२३ फाल्गुन २०८२, शनिबार
बाक्लो कुहिरोका कारण भिजिबिलिटी (पारदर्शिता) घट्दा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान अवरुद्ध भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल बिहान एकछिन खुले पनि कुहिरोका कारण भिजिबिलिटी ८ सय मिटरमा झरेकाले यहाँबाट हुने राष्ट्रिय/अन्तर्राष्ट्रिय सबै हवाई उडान ठप्प भएको छ।


अहिले काठमाडौँमा कुनै पनि हवाईजहाज उड्न वा अवतरण गर्न सकेका छैनन्। तराईलगायत अन्य स्थानमा पनि बाक्लो हुस्सु-कुहिरो लागेकाले अहिले देशका अन्य विमानस्थलमा पनि उडान हुन सकेकाे छैन्