चुनावपछि पनि जेलेन्स्की जन्माउन खोजिँदै छ : महासचिव पोखरेल

होमल्याण्ड खबर

२०८२ माघ १७ गते, शुक्रबार १३:२९ मा प्रकाशित

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनपछि नेपालमा विदेशी कठपुतली सरकार निर्माण भएको टिप्पणी गरेका छन्।

प्रेस चौतारी नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै चुनावपछि जेलेन्सकी सरकार जन्माउने प्रयास भइरहेको बताए।

उनले भने, ‘संविधान घायल भएको छ, लोकतन्त्र कमजोर भएको छ, नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने षड्यन्त्र हुँदैछ। अहिले विदेशीको कठपुतली सरकार निर्माण भएको छ, भविष्यमा पनि त्यसलाई निरन्तरता दिनको लागि जेलेन्स्की जन्माउने योजनाको साथ अभियान सुरु भएको छ।’

उनले विदेशी षड्यन्त्रलाई सफल बनाउन नदिने गरी अघि बढेको बताए। चीन र भारतका विरुद्धमा शक्ति राष्ट्रहरुले चलखेल गर्ने अखडाका रूपमा नेपाली भूमिको प्रयोग गर्न नदिने बताए।